जनकपुरधाम। आफ्ना काला कर्तुतका कारण संधै चर्चामा रहने धनुषा जिल्लाका विदेह नगरपालिकाका मेयर बेचन दास कहिले नपाको रकमबाट निजि प्रयोजनका सामान खरिदमा त कहिले नपाकै कार्यकक्षमा नपाकै कार्यालय सहयोगीबाट मालिस गराएर। तर यसपालि घटना बेग्लै रहेछ। माओवादी बाट जितेका मेयर बेचन दास एक महिला संग अभद्र व्यवहारका कारण मध्यरातमा जनकपुरमा पिटिएका छन।
जनकपुरधाम १३ स्थित ज्ञाननगर नदी टोलीका स्थानीयवासी ले सोही टोलमा चिया पसल गरि बस्ने वर्ष ४५ की चन्द्रकला देवीलाई घरमा प्रवेश गरी अभद्र व्यवहार र कुटपिट गर्न थाले पछि स्थानीयले मेयर दासलाई राम धुनाई गर्दै लखेटेर पीडित महिलालाई जोगाएरको स्वंय पीडिता सुनाएकी छिन।यसै क्रममा मेयरले चढने नपाको प्रदेश २-०२-००१ झ ००४३ नम्बरको गाडी समेतमा क्षति पुर्याएका छन स्थानीयहरूले। मेयर दास र निज महिला संधै अवेर राति डेटिङ गर्ने गरेको मेयर दास र ती महिलाको रासलिला स्थानीयलाई खप्पिनसक्नु भएर नै मेयर दास पिटिएका हुन।
लाजै नभएका दासले आफुमाथि कुनै संग कुनै प्रकारको अप्रिय घटना नभएको तर गाडीमा क्षति पुगेको घटना जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएका छन।अर्कोतिर प्रहरीले गाडीमाथि तोडफोड र हातपात गर्ने चारजना युवा विरूद्ध जाहेरी दर्ता दिएको जनाएको छ। यसरी आफुहरूमाथि प्रहरीमा जाहेरी दिएको थाहा पाएपछि स्थानीयहरूको सहयोगमा युवाहरू जिल्ला प्रहरी कार्यालय धनुषामा डेलीगेशन गएर मेयर दासले महिला माथि हातपात गरेको जाहेरी दिंदा प्रहरीले उक्त जाहेरी दर्ता गर्न मानेका छैनन।
एक स्थानीय युवाको अनुसार महिला संगको नजिकि सम्बन्धका कारण सरकारी सवारी दुरुपयोग गरेको र आफ्नो टोलछिमेकमा यस्ताकिसिमको क्रियाकलापकबाट समाजमा नकारात्मक प्रभाव पर्ने भएको हुनाले मेयर दासलाई पटकपटक सम्झाईबुझाई गर्दा पनि नमानेको र तीनीहरूको वाणीव्यहोरामा कुनै फरक नपरेको र उल्टै मेयर दासले आर्थिक प्रलोभन देखाई घटनालाई सामसुम पार्न खोजेको तर महालासंको नजिकी सम्बन्ध नछाड्ने देखेपछि नै स्थानीयहरू मेयरमाथि जाईलागेका हुन।
बदनामी भईरहेको सुईको पाएपश्चात महिला नमानेपछि मेयरले आर्थिक प्रलोभन देखाएको त्यसमा महिलाले नमान्दा मेयरले अभद्र व्यवहार तथा हातपात गरेको पीडिता ले बताईन।उता मेयर दासलाई जिल्ला प्रहरीले कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले कार्यालयमा निर्माण भईरहेको कबर्डहलमा मेयर दासले सहयोग गरेका कारण निज दासको गल्तीलाई ढाकछोप गरि संरक्षण दिनुका साथै उल्टै स्थानीयहरू माथि मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी उपरीक्षक रानाभाट मेयर दासबाट निजिगतरूपमा अर्थोपार्जन गरेकै कारण चोरलाई चौतारी र साधुलाई सुली हुने अवस्था आउन लागेको स्रोतले जनाएको छ।




