समाचार

उदाङ्गिए नेपाल कै कान्छो मेयर

जनकपुरधाम। नेपाल कै कान्छो मेयरको उपनामले चिनिएका धनुषा जिल्लाका शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले करोडौं हिनामिना गरेको रहस्य सार्वजनिक भएको छ। निजले नगर भित्रै अनुगमन गर्न जहाँ लाखौं रूपैयाँ भत्ता बुझेका छन त्यहीँ नपाकै रकमबाट दुवई भ्रमण गरेको छ।

मालेपको प्रतिवेदन अनुसार सो नपाले दैनिक रू ७ हजार ८ सय ३८ को दरले इन्धनमा मात्र एक वर्षमा २८ लाख ६१ हजार १ सय ५५ ,पदाधिकारीको इन्धनमा १५ लाख ६० हजार ३ सय ७९ र कार्यालय प्रयोजनमा १३ लाख ७ सय ७६ गरि जम्मा २८ लाख ६१ हजार १ सय ५५ खर्च गरेको छ। यसरी इन्धन खर्चमा मापदण्ड नअपनाउनुका साथै सवारी अनुसार वार्षिक इन्धन खर्च उपयोग विवरण सम्बन्धि अभिलेख नरहेको मलेपले देखाएको छ। मेयरले नपाका पदाधिकारी तथा कर्मचारी लाई समेत विदेश भ्रमण गराउँदा उद्देश्य नै नखुलाई भ्रमण आदेश स्वीकृति गराई ४ लाख ७ हजार ७ सय २० खर्च गरेको छ।

मेयर बरबरिया र लेखापाल बाट केही समयकालागि भए पनि प्रमुख प्रशासकीय अधिकृत भएका नन्दकुमार झा २०७६ मंसिर ११ देखि २० गतेसम्म दुवईको सारजहाँको भ्रमण गरेका थिए।उक्त भ्रमण बापत मेयरले २ लाख ५५ हजार ५ सय ८० र नन्दकुमार झाले १ लाख ९२ हजार १ सय ४० रूपीयाँ खर्चेका थिए भने आर्थिक कार्यविधि नियमावलीको उलङघन गरि बा.१७ च. ३९३४ नम्बरको गाडी मर्मतसम्भारका फोटोकपी बिल पेसगरी कन्टिनेनट सर्भिस प्रालिलाई रू १ लाख २९ हजार भुक्तानी गरेको छ।

उक्त गाडी नपाको नभई भाडामा लिएको गाडी हो। त्यस्तैविधि नपाले जनकपुरधाम स्थित सार्वजनिक खरिद ऐन विपरीत त्रिनेत्र न्यूज नेटवर्कलाई रेडियो कार्यक्रम, नगर प्रोफाईल तयार गरि साथै योजना तर्जुमा सम्बन्धि तयारीको नाममा १० लाख ३५ हजार अनाधिकृत रूपमा भुक्तानी दिएको देखिन्छ।

लुटको धन फुफुको श्राध्द झै होली महोत्सव मनाउन वजेट विनियोजन गरि न्यू पवन ईम्पोरियमलाई ड्रेस खरिद गरेवापत रू ३१ हजार र अनुप जनकपुर मिडिया प्रोडक्सन हाउसलाई कार्यक्रम सञ्चालन गर्न २ लाख उपलब्ध गराएको देखिन्छ। दिवा खाजा सञ्चालनमा रू १ करोड ४३ लाख ५२ हजार १ सय ५०, नि: शुल्क पाठ्यपुस्तक खरिद गर्न ३९ वटा विद्यालयलाई रू ३८ लाख ५६ हजार ८ सय ८ अनुदान निकासा गरिनुका साथै सामुदायिक विद्यालयमा किशोरावस्थाका छात्राहरूलाई उपलब्ध गराउन हेतु खरिद गरिएको रू १३ लाख ८८ हजार ९ सय २२ को सेनेटरीप्याड वितरण नै नगरी स्टोरमै कुहिने अवस्थामा रहेको छ।

त्यस्तै सवारी साधन नियम विपरीत रू ४ लाख ७ सयमा २ वटा मोटरसाइकल र रू ९६ लाख ९० हजारमा २ वटा चारपङ्गे खरिद गरि रू १ करोड ९० लाख ७ सय कानून विपरित काम गरेको मालेपले प्रतिवेदनमा उल्लेख गरेको छ। यस उपरान्त मेयर बरबरियाले नपामा अनियमितता गरेको चाङ नै भेटिन्छ र त जन्म गाउँमा करोडौंको महल ठड्याएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *