जनकपुरधाम। प्रदेश नम्बर २ अन्तर्गत रहेका जनकपुरधाम उपमहानगरपालिका र सर्लाही जिल्लाका २० वटै स्थानीय निकायहरूमा बेरूजु दिनप्रतिदिन बढदै गएपनि सम्बन्धित निकाय मुकदर्शक भएका छन। जनकपुरधाम उपमहानगरपालिकाको बेरूजु यश आर्थिक वर्षमा १२. ७८ देखिएको महालेखा प्रतीवेदनमा उल्लेख भएको छ। २ अर्ब ७८ करोड ३६ लाख लेखापरीक्षण रकमबाट जनपामा ३५ करोड ५७ लाख रकम बेरूजु भएको ठहरिएको छ।जनकपुर पछि दोस्रो स्थानमा जितपुर सिमरा उपमहानगरपालिका रहेको छ, जसको २ अर्ब १९ करोड ५३ लाख लेखा परिक्षणबाट १७ करोड ९३ लाख रकम बेरूजु देखिएको छ।सरसर्ती हेर्दा यो रकम ८. १७ प्रतिशत रहेको छ।
तत्पश्चात कलैया उपमहानगरपालिकाको ४.८० प्रतिशत, हेटौंडा उपमहानगरपालिकाको ४.३८ प्रतिशत, तुल्सीपुर उपमहानगरपालिकाको ३. ७३ प्रतिशत बेरूजु रहेकोमा ११ उपमहानगरपालिकाको ३७ अर्ब ७४ करोड लेखा परिक्षण रकममध्ये यश वर्षको बेरूजु १ अर्ब ५२ करोड ३० लाख रहेको छ भने ११ वटै उपमहानगरपालिकाको हालसम्मको बेरूजु ४ अर्ब ५ करोड ३५ लाख छ। त्यस्तैविधि धरान उपमहानगरपालिकाको ३.३३ प्रतिशत, घोराही उपमहानगरपालिकाको २. ८१ प्रतिशत, ईटहरी उपमहानगरपालिकाको ३.२८ प्रतिशत बेरूजु देखिएको छ। यस्तैविधि धनगढी उपमहानगरपालिकाको २.७७ प्रतिशत, नेपालगञ्ज उपमहानगरपालिकाको १. ५९ प्रतिशत र बुटवल उपमहानगरपालिकाको १. ५६ प्रतिशत बेरूजु रहेको महालेखा प्रतिबेदनमा उल्लेख भएको देखिन्छ।
त्यस्तैविधि प्रदेश नम्बर २ का सर्लाही जिल्लाका २० वटै पालिकामा बेरूजुको कहालीलाग्दो अवस्था रहेको छ।बिशेषतया पालिकाहरूमा विकास निर्माणको काम समयमै सम्पन्न नगरे, कानुन विपरीत काम हँदा र लेखापरीक्षणको समयमा आवश्यक कागज उपलब्ध नगराउँदा बेरूजु बढेको मुख्य कारणको रूपमा देखिएको छ। गत आबमा यहाँका स्थानीय तहहरूमा रू १ अर्ब ४ करोड ६२ लाख ८५ हजार बेरूजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा देखाएको छ। जसमा नीतिगत र आर्थिक अनियमितताले विकास योजनामा देखिएको छ। प्रतिवेदन अनुसार सबैभन्दा बढी हरिपूर्वा नपामा २४. ७१ प्रतिशत रहेको छ भने सबैभन्दा कम हरिवन नपामा २.७३ प्रतिशत रहेको देखिन्छ। कतिपय पालिकाको लेखा प्रतिवेदन सार्वजनिक नगरेको अवस्था पनि छ।
जसमा धनकौल र रामनगर गाउँ पालिका पर्दछन। कतिपयले वर्ष २०७४/०७५ को पेश्की पेस नगरेकोमा कविलासी नपा र बसवरिया गाउँ पालिका रहेको छ भने बलरा नपाले वर्ष २०७४/०७५ को श्रेस्ता पेस नगरेको रहेछ। लालबन्दी नपा र एक गैरसरकारी संस्थाबीच रू १७ करोड ९८ लाख ३३ हजार सम्झौता भए अनुसार रकम निकासा दिएको तर सम्बन्धित संस्थाले रू ४ करोड ६२ लाख ३९ हजार मात्र खर्च गरेको र रू १३ करोड ३५ लाख ९४ हजार फिर्ता नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै विधि उक्त नपाले विभिन्न चार गैरसरकारी संस्थालाई भवन निर्माणका निमित रू १ करोड ४ लाख ६३ हजार खर्च गरेको उक्त रकम फिर्ता गर्न महालेखाको प्रतिवेदनमा जनाएको छ।
सर्लाही जिल्लाका बरहतबा,बागमती, बलरा ईश्वरपुर,गोडैता,ब्रह्मपुरी,चक्रघट्टा,चन्द्रनगर, पर्सा ,लालबन्दी,कौडेना,बसबरिया,कविलासी,हरिपुर, विष्णु र मलंगवा पालिकामा बेरूजुको बेथिति रहेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको भए पनि कार्यवाही गर्ने सम्बन्धित निकायहरू मौन रहनुका कारण के होला ? प्रदेश र संघीय सरकारदेखि अख्तियारसम्मले चासो नलिनुका कारण कहीं सबैको मिलोमतो त छैन?




