राजनीति

प्रदेश २ मा यी १० सांसदले गरे लोसपाको पक्षमा सनाखत

जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा)रोजेका छन् ।

आज बुधबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर पूर्व राजपाका १० जनाले सनाखत गरेका हुन् । नयाँ दल दर्ता भएपछि निर्वाचन आयोगले जनप्रतिनिधि तथा सांसदहरुलाई दल रोज्न भदौ २२ गतेसम्मको समयावधि दिएको थियो ।

सांसदहरु परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साहले लोसपाको पक्षमा सनाखत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *