जनकपुरधाम। सर्वहाराका मसिहा कहलाउन मन पराउने धनुषाका विदेह नपाका मेयर बेचन दासले आफ्नो घरायसी प्रयोगका विलासी सामानहरू किन्न राज्यका रकम दोहन गर्न लागिपरेका छन। आफ्ना मातहतका जनप्रतिनिधि र कर्मचारीलाई प्रभावमा लिई नपाका बजेटबाट सामानहरू खरिद गरेको खुलासा भएको छ।
माओवादी जनयुद्धका उपज र माओवादीकै टिकटमा जितेका मेयर दास गरिव,उत्पीडित, जरुरतमन्द, नि: सहाय र लक्ष्यित वर्गकालागि अलाउद्दीनका चीराग भनाउन कतिपनि संकोच नमान्ने मेयर दास हालसालै नपाको बजेटबाट आफ्ना घरकालागि बकस पलङ, लो बेड, एसी, फ्रिज र मेट लगायतका थुप्रै सामानहरू किनेका तथ्य सार्वजनिक भएको छ। सर्वहाराबादी मेयरले उक्त सामानहरू किन्न नपाको बजेटबाट रू १५ लाख २८ हजार खर्चेको महालेखा कार्यालयबाट जारी प्रतिवेदनमा उल्लेख गरिएको छ। नियम विपरीत भएको महालेखाले जनाएको छ।
प्रदेश र स्थानीय तहलाई संघीय सरकारले कोरोना काललाई म्धयेनजर गर्दै खर्चमा नियन्त्रण गरि मितव्ययीता अपनाउन निर्देशन दिए पनि मेयर दासका भाईले पालिका भित्रका गरिव विपन्न वर्गलाई बाख्रा वितरणको नाउमा लाखौं रकम हिनामिना गरेको घटना सेलाउन नपनउँदै मेयर दासको चर्तीकला उजागर भएको छ।
मेयर दासले आक्रमक मानसिकतामा आएर चुनौतीपूर्ण भाषाको प्रयोग गर्दै महालेखाको प्रतिवेदनलाई गलत बताउदै महालेखा र अख्तियारको प्रतिवेदनले के भन्छ मलाई मतलव छैन भन्दै जल्लाई जे मन लाग्छ लेखोस भनोस मलाई फरक पर्दैन चुनौती दिए।




