जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीमण्डल हेरफेर गरेका छन् ।
मुख्यमन्त्री राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हुन् ।
उनले विजय यादवलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
प्रदेश २ मा हाल जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा काँग्रेस र माओवादी केन्द्रको सरकार रहेको छ ।




