मुख्य समाचार

महोत्तरीको नौ सय घर डुबानमा

जनकपुरधाम। केहि दिन देखिको अविरल झरिले प्रदेश दुईको ८ वटै जिल्ला प्रभावित भएका छन भने जनजिवन प्रभावित भएको छ। नदि छेउका बासिहरूको धनमाल प्रभावित भई करोडौं को क्षति व्यहोर्नुपर्ने परेको भएपनि प्रदेश सरकार चीर निन्द्रामा आराम गरिरहेका छन।

प्रदेशका महोत्तरी जिल्लाका रातु नदीका तटबन्ध करिब चारसय मिटर भत्किएका कारण नदि किनारका बलबा नगरपालिकाका वडा नम्बर ४ तिलगढका विभिन्न स्थान गरि बाढी बस्तीमा परेको छ। बाढी र डुबानको जोखिमका कारण यश प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाही सहितका अधिकाँस भाग बाढी र डुबानका कारण धनमाल, चौपाया र धान खेत डुबेका छन भने गाउँ गाउँमा बाढका पानी पस्दा महोत्तरीमा मात्रै नौ सय भन्दा बढी घर पानीमा डुबेका छन।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश बिष्टले जनाए अनुसार डुबानमा परेका घरका परिवारलाई नेपाल प्रहरी, शस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षित स्थानतर्फ सार्न लागिरहेको छ। बिहान को करिब ६ बजे रातु नदीले कटान गरि बाढीको पानी गाउँमा पसेको जनाएको छ। सिरहा र धनुषाको सिमामा पर्ने कमला नदीमा आएको बाढीबाट सिरहाका कर्जन्हा नपा, कल्याणपुर नपा, सिरहा नपाका विभिन्न गाउँमा पानी पसेका छन भने धनुषा जिल्लाका नदी किनारका कमला नपा र जनकनन्दनी गाउँपालिकाका नदी किनारका गाउँहरू उच्च जोखिममा रहेको छ।

सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा पर्ने बन्दीपुर स्थित प्रसिद्ध बाबा तालमा पानीको सतह बढेर ओभर फ्लो भई बाँध कटान गर्न थालेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँडेलले जनाएको छ। बाढी बस्तीमा पसे ठुलै जनधनको क्षति हुने अनुमान स्थानीयको रहेको छ।

नेपाली सेनामो टोलीले बाँध कटान स्थलमा बोडामा माटो हालेर बाँध मर्मतका गरिरहेकको प्रमुख जिल्ला अधिकारी ले जनाएको छ। यस्तै सर्लाहीको लखनदेही नदीको कटान बाट जिल्लाको हरिपुर, चक्रघट्टा, मंलवा नपा छेउको बाँध कटान गरिरहेकाले जोखिम बढीको सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जनाएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *