जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोभी पापीहरूको झुन्ड गएपछि जसपा शुद्धीकरण भएको बताएका छन् ।
शुक्रवार जनकपुरधाममा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जसपा विभाजन नभई शुद्धीकरण भएको दाबी गरेका हुन् । अध्यक्ष यादवले केही व्यक्ति पार्टी छोड्दैमा विभाजन भएको भन्न नमिल्ने दाबी गरे ।
पार्टीको निर्णय नमान्ने, आफैले गरेको सहमति तोड्ने, स्वविवेकले निर्णय गर्न नसक्नेहरूको झुन्डले देश र मधेशको भलो गर्न नसक्ने तर्क राख्दै अध्यक्ष यादवले ८० प्रतिशत नेता कार्यकर्ता जसपामै रहेको बताए । उनले भने, ’आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई समाप्त गर्दै मुलुकमा प्रतिगमन लाद्न चाहने केपी ओलीको मतियार बनेकाहरू बाट जनताले हिसाब लिनेछन् ।’




