मुख्य समाचार

सर्वहारा मन्त्रीको शाही सौख

जनकपुरधाम । अन्याय, अत्याचार, अनैतिक,सामाजिक परिवर्तनको, शोषणरहित समाजको नारा दिई १२ वर्षसम्म जनयुद्ध गरि हजारौं निर्दोष लाई हत्या गरि हजारौं लाई विधुवा र हजारौं हजार बालबालिकालाई टुहुरा बनाई ,हजारौंलाई घरवारविहीन पारि जगंल देखि संसदसम्म पुग्ने माओवादी जनयोद्धा कहलिने मुखौटाधारी सत्ता लोलुपहरूको शाही मांसिकता र विलासी जीवनशैली गाउँदेखि केन्द्रसम्मका नेता कहलिनेहरूको चरित्र विस्तारै नाङ्गिन थालेको नयाँ होईन । अरूलाई बिलासी भन्नेहरू स्वंय त्यही चरित्र अपनाउन थालेका छन। भूमिपति र पूँजीपतिको बिरोध गरि लुट्ने लुटेराहरू आज स्वंय नव धनाढयको रूपमा स्थापित भएका छन।

कथा हो प्रदेश दुईका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहको जो केही दिन पहिला मन्त्री भएका छन। अरूलाई सुबिधाभोगि, बिलासी भनी जथानाम गाली गर्ने , विभिन्न मञ्च देखि सदनसम्म आलोचना गर्दै नथाक्ने ती सर्वहाराबादीहरूको विलासी मानसिकता नाङ्गिन थालेको छ। प्रदेश दुई सरकारमा माओवादी केन्द्रबाट मन्त्री बनेका साहले रूवी कर्णलाई सोही मन्त्रालयका राज्यमन्त्रीको जिम्मेवारी दिएको छ ।

एकताका राष्ट्रिय ढुकुटीको दुरुपयोग भएको आरोप लगाउन नथाक्ने मन्त्री साहले मन्त्रालयमा ८ वटा गाडी हुँदाहुँदै पनि अर्थ मन्त्रालय संग तीनवटा गाडी खरिद गर्न ३ करोड ७ लाख रकम निकास माँग गरेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जनाएको छ। श्रोतले दिएको जानकारी अनुसार मन्त्री साहले २ लाख ५० हजार रूपैया मोबाइल खरिद गर्नका लागि माँग गरेको दावी गरेको छ। मन्त्री साह र राज्यमन्त्री कर्ण वर्तमामा सफारी गाडी चढदै आएका छन भने सचिव वीरेन्द्र यादवले रश गाडी चढदै छन भने एउटा गाडी पूर्व राज्यमन्त्री सरोज सिंह कुशवाहाले आफ्नो कब्जामा राखेको ह्युण्डायको भेनु गाडी फिर्ता नगरेको अवस्था रहेको छ। यस अतिरिक्त मन्त्रालय संग स्कर्पियो १, टाटासुमो १ र पिकअप भैन २ वटा गरि जम्मा आठ वटा गाडी रहेको छ।

यश मन्त्रालयले गत आव २०७७/७८ मा पदाधिकारीको पारिश्रमिकमा रू १६ लाख ५८ हजार, निजामती कर्मचारीको पोशाकमा २ लाख ८० हजार ,समितिको बैठक भत्ता शीर्षकमा १ लाख ४३ हजार,मूल्यांकन समितिको बैठक भत्तामा १ लाख ७१ हजार, निजामती कर्मचारीले पाउने भत्तामा ८ लाख २८ हजार,पदाधिकारी बैठक भत्तामा १२ लाख ६४ हजार,पदाधिकारीको अन्य सुबिधावापत ५३ लाख ८८ हजार , पानी तथा बिजुलीमा १ लाख ८८ हजार, सञ्चार महशुल २ लाख ८३ हजार, पदाधिकारीको ईन्धनमा ११ लाख ४४ हजार, सवारी साधन मरम्मतमा २४ लाख ९६ हजार, र मसलन्द तथा कार्यालय सामग्रीमा २८ लाख ७० हजार मनोमानी तवरबाट खर्च गरेको देखिन्छ।

त्यस्तैविधि पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन बापत १५ लाख,सेवा र परामर्शमा ७ लाख ७९ हजार ,सुरक्षित बेटी अभियान शिर्षकमा १६ लाख ९७ हजार,विपद राहत सामग्री खरिदमा १३ लाख ४७ हजार, शान्तिका लागि खेलकुद कार्यक्रममा २९ लाख १७ हजार, खेडारीहरूको बन्द प्रशिक्षणमा १३ लाख ७ हजार, पदाधिकारीहरूको भ्रमण खर्चमा २२ लाख १३ हजार, विविध खर्चमा १९ लाख ९४ हजार, शान्ति सुरक्षा सम्बन्धि विशेष विविध खर्चमा २६ लाख ७० हजार समेत उक्त मन्त्रालयले ११ करोड ९४ लाख ५३ हजार गरेको रहेछ। मन्त्रालयको कूल बजेट आब २०७७/०७८ मा ३० करोड ७१ लाख रहेको ११ करोड ९४ लाख ५३ हजार रूपैया खर्च गरि रू १८ करोड ६ लाख १७ हजार बाँकी रहेको श्रोतले जानकारी गराएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *