जनकपुरधाम । प्रदेश नम्बर दुईका पूर्वराज्यमन्त्री सरोज सिंह कुशवाहाले गाडी लगायत १८ वटा सामान फिर्ता नगरेको आरोप मंत्रालयका सूचना अधिकारी नाजो रिम भगतले जानकारी गराएका छन। बारम्बार तागेदा गर्दा पनि अटेरी गरेको भगतको भनाइ रहेको छ भने आफुसंग कुनै सामान बाँकी नरहेको र सामान बाँकी रहे मन्त्रालयलाई पत्र पठाउन आग्रह गरेका छन कुशवाहाले।
प्रदेश दुईका पूर्व आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहाले आफ्नो निवासमा सुरक्षाका निमित्त मन्त्रालयकै खर्चमा जडान गरिएको ५ थान सी सी टी भि क्यामेरा, एसी १ थान, सोफा १ सेट, कम्प्युटर १ थान,कम्प्युटर टेवल १ थान, प्रदेश २-०२-००१००३५२ नम्बरको मोटरसाइकल १ थान, मोनिटर १ थान, टी- टेवल ३ थान, ट्रेड विल १ थान, प्लास्टिक कुर्सी १२ थान, जाली कुर्सी ४ थान, ल्यापटप १ थान, प्रिन्टर १ थान,गाडी धुने मेशिन १ थान, भ्याकुम क्लिनर १ थान, मोबाइल १ थान, स्टील कुर्सी १ थान लगायत मन्त्री पदमा रहदा कुशवाहाले राज्यकोषबाट प्रगोग गर्दै आएको प्रदेश २-०२००१ झ ००६२ नम्बरको गाडी समेत फिर्ता नगरेको जनाएको छ।
कुशवाहाले मंत्री पदमा रहदा हैसियत अनुसारको जिम्मेवारी नदिएको गुनासो गर्दै मँ पदमा रहदासम्म मन्त्रालय भित्रको कामकारबाही सम्बन्धि कुनै जानकारी नहुने गरेको र राज्यमन्त्री लाई अधिकार विहिन अवस्थामा राखेको आरोप समेत लगाउँदै आफू कुर्सीमा बसेर समय बिताउनु सिवाय अरू कुनै काम नपाएको दुखेसो पोखे।
प्रदेश दुई सरकारले बिगत आब २०७७र०७८ मा पदाधिकारीको पारिश्रमिक ,भत्ता र ईन्धनमा मात्र रू २५ करोड भन्दा बढी रकम खर्च गरेको देखिन्छ। प्रदेश लेखा प्रमुख राधेश्याम गिरिका अनुसार मुख्यमंत्री, ६ मन्त्री र ६ राज्यमन्त्री गरि १३ जना उच्च पदस्त अधिकारीले एक वर्षको समयावधिमा पारिश्रमिक, बैठक भत्ता, अन्यसुविधा र ईन्धनमा गरि रू २५ करोड ३१ लाख, ९२ हजार ३ सय खर्च गरेको जानकारी गराएका छन।




