समाचार

बृहत्तरमा खैलाबेला


जनकपुर । जानकी मन्दिर बिधुतीकरणमा भएको आर्थिक अनियमितता प्रकरणमा सम्बन्धमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा खैलाबेला परेको छ। बृहत्तरका काका निर्देशक बलराम ठाकुर र लेखापाल सावित्री गिरिको मिलेमतोमा महत्त्वपूर्ण कागजात नष्ट पार्ने षड्यन्त्र गर्दै गरेको बृहत्तर श्रोतले जनाएको छ।लेखापाल गिरिले रू ८० लाख विधुतिकरणको बजेट बाट हात पारेको जानकारले दावी गरेको छ।प्रदेश दुई सरकारले १२ करोड मध्ये ७ करोड ५० लाख निकासा गरि ठेकेदार कम्पनी क्षमादेवी कन्स्ट्रक्सनको नाउँमा भुक्तानी दिईसकेको छ।

लेखापाल गिरि बिगतमा समेत बृहत्तरको महत्त्वपूर्ण कागजातहरू नष्ट पारेको आरोपमा एक दशक भन्दा बढी समयसम्म निलम्बनमा परेको सेलाएको नपाउँदै पुन: विवादमा मुछिएकी छिन।श्रोत ले दावी गरेखअनुसार गिरिले उक्त रकमबाट काठमाडौंमा घरघरेडीको जोहो गरिसकेकी रहिछे।कार्यालयमा हुने गरेको सबैखाले अनियमिततामा तिनको संलग्नता हुनेगरेको दावी समेत गरेको छ।

बृहत्तरमा अन्य अनियमितताको लिष्ट पनि लामै रहेको, कामैनगरि कतिपय योजनाको रकम निकासा गरिसकेको,त्यसमध्ये जानकी मन्दिरमा सोलारका लागि छुट्टयाइएको रू ५९ लाख मध्ये रू १६ लाख निकासा भए पनि हालसम्म कुन काम कहाँ भएको अतोपतो देखिदैन।करिव ४ करोड रूपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको अवस्थामा असार महिनाको ३० गते राती अवेरसम्म रकम झिक्न बृहत्तरका काका निर्देशक बलराम ठाकुर र लेखापाल गिरि अवेर रातिसम्म भरमगदूर प्रयास गरे पनि कमिशनमा कुरा नमिल्दा रोकिएको बुझिन्छ।

जानकारी अनुसार प्रदेश सरकारको छानबिन समितिले जानकी मन्दिरको विधुतीकरण सम्बन्धि सम्पूर्ण कागजातहरू नियन्त्रणमा लिने जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *