काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलेले प्रदेश-२ का प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई पदमुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को बैठकले झालाई पदमुक्त गरी महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेसँगै राष्ट्रपति भण्डारीले मंगलबार झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।






