समाचार

वीरगन्जमा खुल्न थाले विद्यालय

पर्सा । कोरोना महामारीका बेला पर्साको वीरगन्ज महानगरपालिकमा आइतबारदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालनमा आएका छन् ।

महानगरले साउन ३१ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार नै निजी तथा सामुदायिक विद्यालयका कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुरु गरेको हो ।

वीरगन्ज महानगरका नगर प्रमुख विजय सरावगीले गत असार १५ गतेबाटै विद्यालय सञ्चालन गर्ने योजना बनाए पनि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अनुमति नदिएकोले विद्यालय सञ्चालनमा ढिलाई भएको बताए ।

करिब चार महिनापछि सञ्चालनमा आएका विद्यालयमा विद्यार्थीहरुको उपस्थिति भने न्यून रहेको थियो । वर्षाको कारण पनि विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थिएन । निषेधाज्ञाको बेला विद्यालय बन्द भएपछि बिधार्थीहरुको शिक्षामा नराम्रो प्रभाव पारेको थियो ।

निजी विद्यालयले आफ्ना विधार्थीहरुलाई व्यस्त बनाउन अनलाईन कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयका विधार्थीहरु पढाइबाट वञ्चित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *