सर्लाही । प्रदेश नम्बर २ स्थित सर्लाही जिल्लामा फेरी जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको हरिवन नगरपालिका वडा नं.४ की ६२ वर्षिया तेतरी खातुन रहेकी छन् ।
गाउँकै आभाष रायको घरमा विवाह रहेको र विवाह हेर्न जाने क्रममा बाटोमा जंगली हात्तीले अचानक आक्रामण गरेको हो ।
गम्भीर घाइते भएकी खातुनलाई थप उपचारको लागि बिरगंज स्थ्ति नेशनल मेडिकल अस्पतालमा लैजाने क्रममा बाटोमा नैं उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायाव उपरिक्षक माधव प्रसाद बुढाथोकीका अनुसार सर्लाहीमा थप एक जना हात्तीको आक्राणमा परी घाइते भएका छन् । बाग्मती नगरपालिका वडा नं.४ स्थित रेल्वे नजिकै हात्तीले आक्रमण गर्दा ३५ वर्षिय पुरूष घाइते भएका छन् ।
उनको सनाखत हुन बाँकी रहेको र उनको हरिवनमा प्रारम्भिक उपचार गरी वीरगन्जको नारायणी अस्पतालमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।




