काठमाडौं । सप्तरीको सप्तकोसी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । उनी एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् ।
चौधरीलाई १० दिनअघि नोबेल अस्पताल भर्ना गरिएको थियो । उनी गर्भवतीसमेत थिइन् ।




