मधेश प्रदेश

प्रदेश २ : प्राधिकरण, काउन्सिल र चलचित्र बोर्डमा नियुक्ति

विराटनगर । प्रदेश २ सरकारले आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र विकास बोर्डका अध्यक्ष पदमा नियुक्त गरेको छ ।

आज बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले प्राधिकरणका अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलका अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डका अध्यक्षमा धर्मेन्द्र मरबैतालाई नियुक्त गरेको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

यादव र भट्टराई सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् भने मोरबैता सिरहा जिल्ला निवासी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *