समाचार

उखुको पैसा उठाइदिन काठमाडौं आएका किसान नारायण यादवको मृत्यु

काठमाडौं । उखुको बक्यौता रकम उठाइदिन भन्दै काठमाडौं आएका सर्लाहीका नारायण राय यादवको मृत्यु भएको छ ।

उखु मिल मालिक र उखु किसानबीच सरकारको रोहबरमा २१ दिनभित्र किसानको बक्यौता रकम तिर्ने सहमति भएको भोलिपल्टै किसान यादवको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको हो ।

बक्यौता रकम पाउनका लागि यादव तीन सातादेखि काठमाडौंको सडकमा आन्दोलनरत् थिए । उनी सर्लाहीको धनकौल गाउँपालिका छोटौल निवासी हुन् ।
तस्बिर : अंगद यादवको फेसबुकबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *