तहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बम बिस्फोटमा घाइते भएकालाई जिउँदै चिम्नि भट्टामा हालेर मारेको आरोपमा मन्त्री आफताब, उनका भाइ महताब लगायत ११ जना माथि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको मागसहितको अभियोग पत्र अदालतमा दर्ता भएको थियो ।
फरार महताबलाई गएको शनिबार मध्यरातमा भारतको मोतिहारीबाट प्रहरीले घटनाको १३ वर्षपछि पक्राउ गरेको थियो । यस घटनाका ६ जना आरोपीहरु अझै फरार छन् ।आफताब र उनका भाइ महताबलाई प्रहरीले घटनाको मुख्य योजनाकारको रुपमा राखेको छ ।




