काठमाडौं । तराई मधेसमा शुक्रबार र शनिबार छठ पर्व परेको छ । छठ पर्वको दिन सरकारले मधेसी समुदायका लागि सार्वजनिक बिदा पनि दिएको छ । प्रदेश २, प्रदेश १ र लुम्बिनी प्रदेशमा छठ पर्व धूमधामका साथ मनाइन्छ ।
यसैक्रममा प्रदेश २ सरकारले प्रदेशमा दुई दिन बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार र शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । शुक्रबार मात्रै बिदा दिए हुनेमा शनिबार पनि सार्वजनिक बिदा दिएर उनले जग हँसाएका छन् । जबकि शनिबार नेपालमा सार्वजनिक बिदाको दिन हो ।
आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र शनिबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सकिन्छ ।





