प्रदेश

जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध

महोत्तरी । महोत्तरीको रातो खोलाले बाटो कटान गरेपछि जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले महोत्तरी गाउँपालिका¬–३ मडैस्थित रातो खोलाले कटान गरेपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

सदरमुकाम जलेश्वरबाट मडै, रौजा हुँदै बर्दिबाससम्म पुग्ने सो सडक अवरुद्ध भए पछि आवतजावत ठप्प छ । यहाँ चार दिनदेखि वर्षा भइरहेको छ । जिल्लाको विभिन्न स्थानमा बाढी तथा डुबानबाट क्षति पुगेको छ । मनराशिस्वा नगरपालिकामा बढी क्षति पुगेको छ । यस्तै जलेश्वर नगरपालिका–१२ मा क्षति पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *