देश

कुहिएका सामान विक्री गरेपछि बारा कलैयाका मेयर राय पक्राउ

 काठमाडौं । राहतको लागि कुहिएको दाल विक्री गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई पक्राउ गरिएको छ ।

बाराका एसपी कृष्ण पंगेनीका अनुसार मेयर राजेश रायलाई राहतका लागि विक्री गरिएको दाल कुहिएको पाइएपछि बयानका लागि नियन्त्रणमा लिइएको हो। यस अघि प्रहरीले केही वडाअध्यक्षलाई नियन्त्रणमा लिएको थियो।

कुहिएको दाल बिक्री गरेको पाइएपछि प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाममा शनिबार शिलबन्दी गरेको थियो। गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *