मधेश प्रदेश

राजपाका सांसदहरूद्धारा १५ दिनको तलब कोराना उपचार कोषमा जम्मा गर्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका १८ जना सांसदहरूले १५ दिनको तलब सरकारद्धारा स्थापित कोरना रोकथाम तथा राहत कोषमा जम्मा गर्ने घोषण गरेका छन् ।

राजपाका प्रतिनिधि सभामा १६ तथा राष्ट्रिय सभामा २ सांसद छन् । एक सांसद रेशम चौधरी भने निलम्बित अवस्थामा छन् । राजपाका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले राजपाका सांसदहरूले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी गराएका हुन ।

राजपाका महासचिव तथा प्रवक्ता केशव झाँले पार्टीको लेटरप्याडमा वक्तव्य निकाल्ने अवस्था नभएकोले संयोजकबाट उक्त जानकारी गराइएको बताए । उनका अनुसार राजपाले कोरानाबाट आफू पनि जोगिन र अरूलाई पनि सतर्क गराउन समग्र कार्यकर्ता पंक्तिसँग पार्टीले आब्हान गरेको छ ।

यसैवीच, राजपाकी सांसद निर्जला राउतले महोत्तरीको बर्दिवासमा रहेको होटल पावन मिथिलालाई क्वारेन्टाइनका लागि तयार गराइएको जनाएकी छन् । उनी राजपाका नेतृ तथा प्रतिनिधि सभाकी समानुपातिक सांसद हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *