काठमाडौं । विराटनगर महानगरपालिकाको नगर प्रहरीले जनता सामाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेका छन्। बुधबार बेलुका पार्किङको विषयलाई लिएर विवाद सिर्जना हुँदा यादवमाथि हातपात भएको थियो । यादव विराटनगरका स्नेहा फार्मेसीका संचालक समेत हुन् ।
उनको पसल अगाडि बुधबार नो पार्किङमा रोकेको सिटी सफारीमा प्रहरीले लगाएको ह्वील लक खोल्न माग गरेपछि विवादको अवस्था सिर्जना भएको थियो । सफारी चालकले लगाएको लग खोलेर सफारी चालनकलाई सहजीकरण गरिदिनु यादवले भनेपछि प्रहसँग विवादको अवस्था सिर्जना भएको थियो ।
त्यस क्रममा नगर प्रहरीसँग धकेलाधकेल भएको यादवले बताए । ‘नगर प्रहरीले मलाई ठेलेपछि मैले पनि धकेलिदिए, त्यसपछि नगर प्रहरीको टोली आएर लछारपछार पार्दै पसलबाट निकालेर प्रहरी कार्यालय लगेको यादवको गुनासो रहेको छ । विवादको अवस्था आएपछि विवादको समस्या आपसी मेलमिलापमा सहमति भएको भएपनि उक्त भिडियो सामाजिक संचालनमा सार्वजनिक भएको विराटनगर प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले नेता यादवसँगको विवाद मिलिसकेको बताए ।




