काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्चमा परेका रिटमाथि भएको जवाफी बहस सकिएको छ । प्रदेशसभाबाट लिएको विश्वासको मत संविधान विपरित भएको भन्दै एमाले संसदीय दलका नेता एवम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा दायर गरेको रिटमाथि अधिवक्ताहरु टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले जवाफी बहस गरेका थिए ।
उक्त रिटको दुबै पक्षबाट जवाफी बहस सकिएको स्रोतले जनाएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा उक्त रिटको सुनुवाइ जारी छ । अब जवाफी बहस सकिएकाले फैसला आउन बाँकी छ ।




