कोशी प्रदेश

कोशी सरकार विवादमा पूर्ण इजलासले मतदानको भिडियो अवलोकन गर्ने

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्चमा परेपछि सुनुवाईका लागि अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ ।

४ भदौमा कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत सच्याउने समयमा अर्का सदस्य गीता तिमिल्सिनालाई बैठकको अध्यक्षता गर्न लगाएर मतदान गरेका थिए ।

गत आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमवारबाट पुर्ण इजालसमा सुनवाइ हुने भनिए पनि सोमबार हुन नसके पछि मंगलबारवाट हुन लागेको हो । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *