काठमाडौं । कोशी प्रदेशको नामाकरणको विरोधमा ललितपुरमा प्रर्दशन भएको छ । किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसर पारेर कोशी प्रदेशको नामकरणको विरोधमा ललितपुरमा विरोध प्रदर्शनको गरेका थिए । ५ सय वटा च्याब्रुङ बजाउँदै जावलाखेल चोकबाट ललितपुर एकान्तकुनास्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयसम्म विरोध र्यालीको आयोजना गरिएको थियो ।
प्रदेशको नाम कोशी खारेज गरी ऐतिहासिक पहिचानको आधारमा लिम्बुवानरकिरात कायम गर भन्ने मूल नाराका साथ विरोध प्रदर्शन गरिएको थियो । विरोध कार्यक्रममा कुरुम्बाङ संजुम्भो परिवार, किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमिति, चेम्जोङ वंश उत्थान संघलगायतको सहभागिता रहेको थियो । कोशी प्रदेशमा पछिल्लो समय राजनैतिक, जातिय र धार्मीक द्धोन्द्धले नकरात्मक असर पारिरहेको छ ।




