कोशी प्रदेश

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।आइतबार न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेको रिटको सुनुवाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । न्युनतम पूर्ण इजलासमा तीन जना न्यायधिस रहनेछन् । पूर्ण इजलासमा भोलिदेखि निरन्तर सुनुवाइ सुरु जनाइएको छ ।

मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको भन्दै सर्वोच्चमा रिट परेको हो । भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी गर्दै दिर्घकालिन असर पर्ने काम नगर्न समेत निर्देशन दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *