कोशी प्रदेश

विद्युत सर्ट हुँदा एक घरमा आगलागी

संखुवासभा । खाँदबारी नगरपालिका–९ स्थित ढुङ्गेधारामा एक घरमा आगलागी भएको छ ।

मंगलबार दिउँसो विद्युत्त् सर्ट भई स्थानीय मोहनकुमार दर्लामी मगरको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले बताए । उनको अनुसार, दिउँसो करिब १२ बजे तरि विद्युत् सर्ट भई घरमा आगलागी भएको र घरमा क्षति पुगेको छ । गाउँ नजिकै भएकाले स्थानीय, खाँदबारी नगरपालिकाको दमकल र नेपाल प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट करिब एक लाख रूपैयाँभन्दा बढीको क्षतिभएको प्रहरीले जनाएको छ । सरक्षाकर्मी र दमकलको सहायताले तत्कालै आगो नियन्त्रणमा आएकाले खाद्यान्न, लत्ताकपडा लगायत केही सामाग्री सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

तस्बिर-नवीन गुरुङ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *