कोशी प्रदेश

मन्त्री थापाले भने- तिनजुरे मिल्केसँगै नुनढाकीलाई पर्यटन हब बनाइन्छ

संखुवासभा । चैनपुर नगरपालिका वडा नं. १ स्थित नुनढाकीमा भ्रमणमा आएका प्रदेश नं. १ का वन तथा भु–संरक्षण मन्त्री शेखर चन्द्र थापाले पर्यन हव वनउन नुनढाकी सहित तिनजुरे मिल्के जलजले क्षेत्र सँगै तेह्रथु र संखुवासभाको स्थलगत अध्ययन गर्ने बताए ।


पर्यटनसँग जोडिएर नुनढाकीलाई वन तथा वातावरण मन्त्रालयले के कसरी अघि बढाउन सकिन्छि भन्ने सन्दर्भमा स्थलगत भ्रमण गरी तिनजुरे मिल्केको भाग तेह्रथुम र संखुवसभासँग गासिएर आएकोे हुँदा पर्यटक हव बनाउन तिनजुरे मिल्के सँगै नुनढाकी क्षेत्रलाई समेत जोडेर लाने हो भने नुनढाकी क्षत्रले पनि व्यापकता पाउने मन्त्री थापाले बताए । नुनढाकी, तिनजुरे मिल्के , संखुवासभा र तेह्रथु स्थलगत अवलोकन गरी त्यहा स्थित नगर प्रमुखसँग तथा मन्त्रालयमा छलफल गरी तिनुजुरे मिल्केको क्षेत्रलाई अघि बढाउन कार्ययोजना ल्याइने मन्त्री थापाले विश्वास दिलाए ।


नुनढाकीको पर्यटन विकासलाई अघि बढाउन कार्ययोजनाको साथ स्थानीय स्तरबाट यो प्रोजेक्टलाई सफल बढाउन तेहथुम संखुसभा मिलेर कार्ययोजना बनाएर मन्त्रालयमा पेश गरी अघि बढ्न समेत वन मन्त्री थापाले निर्देशन निर्देशन दिए ।


हिजो आइतवार तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिद्धारा मन्त्री थापा,मन्त्रालयका सचिव सञ्जीव राई सहितको प्रदेश मन्त्रालयबाट भ्रमणका लागि नुनढाकी पुगेको टोलिलाई अनौपचारिक रुपमा गरिएको स्वागत कार्यक्रममा पर्यटन प्रर्वधनका लागि विश्वकै धेरै प्रजातीको लालिगुराँस पाइने टिएमजे क्षेत्रसँग जोडिएको नुनढाकीमा भव्य स्वागत गरी पर्यटन पर्वद्धनका लागि आवश्यक बजेटको माग पत्र समेत संस्थाका अध्यक्ष प्रेम सञ्जय लिम्बुले मन्त्री थापालई हस्तान्तरण गरे ।


माग पत्रमा प्रदेश मन्त्रालयमा यस संस्थाले बुझाएको गुरुयोजना मुताविक क्रमिक रुपमा काम गर्न कामको प्रत्यक्ष अवलोकन गरी प्रदेश सरकारको यस आर्थिक वर्षको छुट्याइने बजेटबाट सम्बोधन हुनेगरी प्रदेश सरकारको रातो कितावमा कार्यक्रम उल्लेख गराई समग्र जिल्ला, नगर र वडाको समृीद्धमा असिम सहयोग पु¥याइदिन हुन अनुरोध पेश गरिएको थियो ।


लालीगुँरासको क्षेत्र तिनजुरे मिल्के जलजले क्षेत्रसँग जोडिएको नुनढाकी प्राकृतिक सौदर्यसँगै पर्यटन पर्वद्धनका लागि संस्थाले स्थानीय स्तरबाट चालेको यो कदमले आन्तरीक र वाहय पर्यटक भित्र्याउन सके नुनढाकी क्षेत्र मात्र नभै वडा, नगर तथा समग्र जिल्लाकै आर्थिक समृद्धिलाई टेवा पुग्ने नेपाली काँग्रेस महासमिति सदस्य दिपक लिम्बुले बताए ।


पर्यटन पर्वद्धनको लागि नुनढाकी क्षेत्रमा होमस्टेको व्यवस्था, तातोपानी स्नान कक्ष, लुगा परिवर्तन गर्ने स्थाल, विशाल शिव मुर्तिको स्थापना, स्वीमिङपुलभित्रै वास्केटबल खेलन सकिने स्वीमिङपुल, सामुदायीक हल, फुटवल ग्राउण्ड, ६० मिटर लामो ढुंगाद्धार निर्मित खुड्कीला सहितको पदमार्ग , अपाङमैत्री बाटो, इन्टरनेटको सुविधा, पर्यटकलाई सुरक्षित महुस गराउन सिसिटिभि क्यामेराको निगरानी , सुरक्षा गाडको व्यवस्था समेत सो स्थलमा रहेको संस्थाको अध्यक्ष प्रेम संजय लिम्बुले जानकारी गराए ।


सो स्थल सम्म पुग्न यातायातको साधन सहजसँग चल्न सक्ने सडकको विकास, एक वस्तीबाट अको वस्ती भएको गाउँसम्म पुग्न पुलको निर्माण गर्ने योजन समेत रहेको तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *