मुख्य समाचार

लेटाङ घटनामा संलग्न भएको आरोपमा ४५ भन्दा बढि पक्राउ

काठमाडौं । मोरङ लेटाङको विद्यालयमा भएको तोडफोड र प्रहरी जवानको हत्यामा समेत संलग्न भएको आरोपमा प्रहरीले ४५ भन्दा बढिलाई पक्राउ गरेको छ ।

लेटाङको शिक्षा विकास माध्यमिक विद्यालय तोडफोड र प्रहरी जवानको हत्यामा आशंकितलाई प्रहरीले पक्राउ गरेको हो ।

चैत ६ गते विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *