शिक्षा / स्वास्थ्य

योगमय बन्यो चैनपुर

संखुवासभा । चैनपुर नगर नै योगमय बन्दै गएको छ । प्रत्येक सामाजिक संघ संस्थामा कार्यरत कर्मचारी, घरघरका व्यक्ति योगमा लाग्न थालेका छन ।


निरोगी र स्वस्थ्य जनशक्ति उत्तपादन हुन सके चाडै राष्ट्र सम्मृद्ध हुने पतन्जली योग समिति केन्द्रीय अध्यक्ष लवदेव मिश्रले एक बताए ।


संखुवासभा बहुमुखी क्याम्पसमा भएको एक दिवशीय योग जागरण शिविरमा केन्द्रीय अध्यक्ष मिश्र तथा प्रदेश नं. १ का प्रदेश प्रवाहरी देव नारायण शाहाले योगकर्मीहलाई योग प्रशिक्षण समेत दिए ।


मानिसको मन शरीर र दिमागलाई जोडेर सही ढंगले चलायमान वनाउने योगले शरीरको हरेक अंग प्रत्यङ्गमा योगले प्रभावकारी रुपमा ठीक सँग कार्य गर्ने भएकाले वालवालीका, तन्देरी, वृद्धा सबैको लागी योग उपयोगी रहेको केन्द्रीय प्रभाहरी मिश्रले बताए । शारीरिक अवस्थाको पहिचान गरी योगको नियममा रहेर नियमित योग अभ्यास गर्न सकेमा मानिस स्वास्थ्य तथा निरोगी वन्ने समेत केन्द्रीय प्रभाहरी मिश्रले बताए ।


चैनपुर नगरपालिकामा सञ्चालित पतन्जली नगर योग समिति र आयुर्वेद शाखा तथा आयुर्वेद योग समिति पोखरीद्वारा नगरमा विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । चैनपुर नगरपालिका भित्रका विद्यालयका शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, न्यायलय, सुरक्षा निकाय, लगायतविभिन्न क्षेत्रमा योग अभ्यासका कार्यक्रमहरु राख्दै आएको चैनपुर आयुर्वेद शाखाका प्रमुख कविराज निरीक्षक दिनेश प्रसाद रायले बताए । योग सँग आयुर्वेद प्राकृतिक चिकिसा पद्धतीको अपनाउन सबैमा अग्रह गरे ।


कार्यक्रममा संखुवासभा जिल्ला योग समिति अध्यक्ष एवं खाँदवारी नगरपालिका नगर उप प्रमुख डेगेश्वरी श्रेष्ठ, जिल्ला योग समिति सदस्य हेमकुमारी चौहान, सुरक्षानियका प्रतिनिधि, लगायत योगकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *