धरान ।नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिलाई पूर्णतादिइएको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले समितिलाई पूर्णतादिनुका साथै अन्य महत्वपूर्ण निर्णयहरु गरेको हो ।
क्षेत्रीय सचिव महेन्द्र प्रधानका अनुसार बैठकले लक्ष्मी खतिवडा, मुकेश थापा, विनोद मानन्धर,धर्म तामाङ, पदमसुन्दर लिम्व, पेम्वातामाङ, गम्भिर दाहाल, तिलकबहादुर कार्की, राम बुढाथोकी,रामबहादुर मगर,शुक्रराज राई, दिनेश श्रेष्ठ र रेखा लिम्वुलाई क्षेत्रीय सदस्यमा मनोनित गरेको छ । त्यसैगरी विवेक प्रसाई, योगेश थपलिया, नविन रेग्मी, वुनाशंकर, प्रदिपथापा, सुरेन्द्र श्रेष्ठ, मनिषशाही, दिपकलिम्वु, ध्रुवगिरी,रीता खनाल, राजेन्द्र राई, कमलारुचाल, ढुण्डीराज ढकाल, अमरबहादुर धौलाकोटी, दुर्गा देवी अधिकारी, कमल भट्टराई, विष्णु गुरुङ, विष्णु श्रेष्ठ (सुन्दरी), विष्णु वराल, सुशिला श्रेष्ठ, राजेश तामाङ, नवराज श्रेष्ठ, कृष्णवहादुर कार्की, अशोक शाह र नर्मदा पौडेललाई आमन्त्रित क्षेत्रीय सदस्यमा मनोनित गरेको छ ।
बैठकले कार्यसम्पादन समितिको सदस्यमा क्षेत्रीयसभापति सुजेन्द्र तामाङले प्रस्ताव गरेका लक्ष्मी खतिवडा, मुकेश थापा, उमेश पौडेल, अतुल श्रेष्ठ लोकमणि शर्मा, आशिष कटवाल, शोभा पुलामी, सन्ध्या श्रेष्ठ, किशोर विक, सम्राट क्षेत्री, पुष्पा राई पर्शुराम चौधरीलाई अनुमोदन गरेको छ । क्षेत्रीय कार्यसमितिको पदाधिकारीहरु कार्यसम्पादन समितिको पनि पदाधिकारी रहने कांग्रेसको विधानमा व्यवस्था रहेको छ ।
बैठकले प्रतिनिधिसभा क्षेत्र संसदीय समितिको सदस्यका लागि क्षेत्रीय सभापति सुजेन्द्र तामाङले प्रस्ताव गरेका लक्ष्मी खतिवडा, मुकेश थापा, उमेश पौडेल, अतुलश्रेष्ठ, लोकमणि शर्मा र भगवती खड्कालाई अनुमोदन गरेको छ । नेपाली कांग्रेसको विधानमा क्षेत्रीय कार्यसमितिको सभापति र सचिव संसदीय समितिको पनि सभापति र सचिव रहने तथा यस क्षेत्रका पार्टीका केन्द्रीय सदस्य, निर्वाचित सांसद वा सांसदका उम्मेदवार र क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ ।
त्यसैगरी धरानमा भईरहेको खानेपानीको अभावका सन्दर्भमा धरान खानेपानी व्यवस्थापन बोर्ड तथा सम्बन्धित जिम्मेवार व्यक्तिहरुसंग छलफल गर्ने, तत्काल ट्याङकरवाट नै भएपनि खानेपानी आपूर्ति गर्नुपर्ने, आयोजना सम्बन्धि विज्ञको टेक्निकल र फिनान्सीय रिर्पोट सार्वजनिक गर्नुपर्ने, आयोजनामा भएको लापारवाही र अनियमितताको छानवीन गरिनु पर्ने, आयोजना असफल भएकोबारे एडिवीको ध्यानाकर्षण गराउने तथा खानेपानी आपूर्तिमा भएको व्यवस्थापकीय कम्जोरीमा सुधार गर्नुपर्ने र खानेपानीको दिगो समाधानका लागि कोशीवाटै पानी ल्याउनुपर्ने लगायतको निर्णय गरेको छ ।
त्यसैगरी चैत्र १९ र २० गते क्षेत्र अन्तर्गतका २७ सै वडाका टोल कार्यसमिति र वडा कार्यसमितिका सभापति र सचिवहरुलाई प्रशिक्षण दिने समेत निर्णय गरेको छ । क्षेत्रीयविभाग र सल्लाहकार समिति गठन तथाप्रतिनिधि छनौट सम्बन्धमा बैठकले क्षेत्रीय सभापतिलाई नै जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले निवर्तमान क्षेत्रीय सभापति स्व. धनबहादुर कटवाल प्रतिशोक प्रस्ताव समेत पारित गरेको छ भने सोही बैठकमा निवर्तमान क्षेत्रीयकोषाध्यक्ष सागर प्रसाईले बरबुझारथ समेत गरेको छ ।




