काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्खुवासभाको मादीमा आज भएको बस दुर्घटनाले आफूलाई मर्माहत तुल्याएको बताएका छन ।
आज साँझ सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री देउवाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन।
दुर्घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन ।





