कोशी प्रदेश

भूमिहीन सुकुम्वासीलाई भू-स्वामित्व सहितको सुरक्षाको प्रत्याभूति गर्छौ-सभापति तामाङ

धरान । नेपाली कांग्रेसले धरान ८ को नमुना बस्तीमा सगठन निर्माण गरेको छ । कांग्रेसले भुपाल पाख्रिनको सभापतित्वमा ३० सदस्यीय नमुना बस्ती टोल समिति गठन गर्दै बस्तीमा संगठन विस्तार गरेको हो ।

कम्युनिष्टको गढ मानिने नमुना बस्तीमा कांग्रेसले पहिलो पटक आफ्नो संगठन विस्तार गर्न सफल भएको छ । समितिको उपसभापतिमा सवित्रा श्रेष्ठ, सचिवमा सुमी वराइली, कोषाध्यक्षमा कुमारी तामाङ, सदस्यहरुमा शिवकुमार राई, फुलमाया विश्वकर्मा, सुमित्रा तामाङ, भिमबहादुर विश्वकर्मा, गिता ल्वागुन, कुमार उदास, पान बहादुर तामाङ, प्रमिला राई, रिता तामाङ, डिकन श्रेष्ठ, रेश्मा उदास, विरेन ल्वागुन, मणि शंकर, विनोद वि.क., सरु राई, दिल तामाङ, संगिता तामाङ, कमला वि.क., मेनुका तामाङ, सुमित्रा राई, विरबहादुर लिम्वु, प्रमिला राई, पुनम मगर, विनोद वि.क., शान्ति तामाङ, गोमा लिम्वु, नविन सेन्चुरी, कविता घिसिङ र रानु श्रेष्ठ रहेको छ ।

टोल समिति गठन कार्यक्रमका संयोजक रामता माङको अध्यक्षतामा सम्पन्न भेलामा महासमिति सदस्य विनोद राईले १४ औं महाधिवेशनबाट आएका यूवा नेतृत्वले पार्टीलाई सही ढंगले अगाडि बढाउनेमा विश्वस्त रहेको बताए ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन महासमिति सदस्य र प्रदेश सम्मेलन सदस्यको सर्वसम्मत चयन गरिएको बताउंदै आसन्न स्थानीय तहको निर्वाचनमा सबै वडा र मेयर तथा उपमेयरमा पार्टीका उम्मेदवारलाई विजयी गराउन आपसी सहमति, सहकार्य र एकता हुनुपर्नेमा जोड दिए । उनले धरानमा सुकुम्वासी समस्या विकराल बन्दै गएको भन्दै भूमिहीन सुकुम्वासीलाई भू–स्वामित्व सहितको सुरक्षाको प्रत्याभूति दिलाउन पार्टी प्रतिवद्ध रहेको बताए ।

नगर सभापति श्याम पोखरेलले नेपाली कांग्रेसले सुकुम्वासी, मजदुर, विपन्न वर्ग, महिला सबैलाई न्याय गर्ने बताए । उनले टोल कमिटि गठन गर्ने कार्य चुनाव आयो भनेर मात्र नगरेको नभई विधान बमोजिम गर्नैपर्ने भएकाले गरिएको बताउंदै यसको पनि अन्तिम उद्देश्य भनेको निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारलाई जिताउनु नै रहेको बताए । भेलामा वडा सभापति उत्तम राई, संयोजक राम तामाङ, नगर सदस्य रण थेवे लगायतले विचार राखेका थिए ।

भेलामा क्षेत्रीय सदस्यद्धय उमेश पौडेल, किशोर वि.क., प्रदेश सम्मेलन सदस्य किरन राई, प्रदेश सभा सदस्य विष्णु मोक्तान, नगर सहसचिवद्धय शिला बज्राचार्य, युनेश रानामगर, नगर सदस्यहरु दिपेश राई, गणेश चौहान, नगर सल्लाहकार सुरज लामा, हेमन्त लिम्वु, क्षेत्रीय प्रतिनिधि आशिष पाख्रिन, तारा ल्वागुनलगायतको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *