संखुवासभा । सभापोखरी गाउँपालिका वडा नं. २ स्थित वितलव मा आफ्नै छोराले ह्याम्मरले प्रहार गर्दा बाबु दल बहादुर दर्जीको ज्यान गएको छ ।
घरयासी विबादको कारण आफ्नै साइला छोरा नाम परिवर्तन “सभापोखरी १” ले फलामको हयाम्मरले टाउकोमा पटक–पटक प्रहार गरी कर्तव्य गरी ज्यान लिएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
प्रतिवादी परिवर्तित नाम “सभापाखरी १”तत्काल पक्राउ गरी जिल्ला अदालत चैनपुर , संखुवासभाबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका मिडिया समन्वय अधिकृत प्रहरी निरीक्षक शुभेश अधिकारीले जानकारी दिए ।




