काठमाडौं । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल केही दिनदेखि अस्पतालका सेवा बन्द रहेको भनी जनमानसमा भ्रम फैलिएको समाचार आएपछि प्रशासनले सूचना नै जारी गर्दै अस्पतालका सम्पूर्ण सेवा निरन्तर खुला रहेको जनाएको छ।
‘ धेरै बिरामीले अस्पतालका सेवा सञ्चालनमा रहेको वा नरहेको बिरामीले टेलिफोनबाट सोधपुछ गर्ने क्रम बढेपछि अस्पतालले सबै सेवा खुल्ला रहेको सुचना जारी गरेको हो । अस्पतालले जारी गरेको सूचनामा ‘नोबेलको ओपिडी, इमरजेन्सी, भर्ना, अप्रेशनलगायत सम्पूर्ण सेवा सञ्चालन भइरहेको जानकारी गराइएको छ ।
नोबेल अस्पताल पूर्वीको निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो अस्पताल हो । नोबेलमा पूर्वी नेपालका विभिन्न जिल्लासहित छिमेकी देशका गरि दैनिक करिब ३ हजार बिरामी उपचारका लागि आउने गर्छन्।
अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलले जटिल अप्रेशन पनि सफलतापूर्वक गर्दै आएको अस्पतालले दाबी गरेको छ।




