संखुवासभा । चैनपुर नगरपालिका-३ मा नेपाली कांग्रेसकाे वडा इकाई कार्यालय उद्घाटन गरिएकाे छ ।
एक कार्यक्रमकाे बीच काँग्रेसका जिल्ला सभापति तथा पूर्वराज्यमन्त्री दीपक खड्काले पार्टीको वडा कार्यालयकाे उदघाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बाेधन गदै सभापति खडकाले निर्वाचन नजिकिदै गएकाले सबै कार्यकर्ताहरूले इमान्दारिताका साथ अहाेरात्र संगठनमा खट्न आग्रह गरे । उनले नेकपा एमालेले जितेकाे स्थानीय तहमा भष्टाचार बढेकाे र विकास निर्माण लगायतका जनमुखि काम नगरेकाे गुनासाे गरे ।

उक्त कार्यक्रममा चैनपुर-३ का शुक्र राईकाे नेतृत्वमा एक दर्जन बढि युवाहरू नेकपा एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेका थिए । नवप्रवेसी युवाहरूलाई सभापति खडकाले खादा अविर लगाएर स्वागत गरेका थिए ।
पार्टी उपसभापति रामकुमार जिमि, निर्वाचन क्षेत्र (ख) का सभापति दिपेन्द्रमान शाक्य, चैनपुर नगर सभापति शंकरमान कडेल लगायतका बक्ताहरूले कार्यक्रममा सम्बाेधन गरेकाथिए । माेहन कुमार खत्रीले सञ्चालन गरेकाे कार्यक्रम वडा सभापति महेश कार्कीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।





