कोशी प्रदेश

चैनपुरमा निःशुल्क दुई दिने स्वास्थ्य शिविर

संखुवासभा ।चैनपुर नगरपालिका स्थित विभिन्न स्थानमा दुईदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन सम्पन्नभएको
सर्ने तथा नसर्ने विभिन्न रोगहरु आयुर्वेदको माध्यमबाट स्वास्थ्य उपचार गरी स्वास्थ्य नागरिक बनाउने उद्देश्यका साथ पौष २२ गते बुधबार चैनपुर ११ स्थित लोहाकोटमा र पौष २३ गते शुक्रबार चैनपुर ४ स्थित मैदानेको सरस्वति माविमा शिविर सञ्चालन गरिएको चैनपुर नगरपालिका आयुर्वेद स्वास्थ्य शाखाका कविराज निरीक्षक दिनेश प्रसाद रायले बताए ।


शिविरमा योग र आयुर्वेद औषधीको माध्यमबाट रोगीहरुको निःशुल्क उपचार सेवा प्रदान गरिएको थियो । योगको माध्यमबाट योग अभ्यास तथा योग विधिको प्रशिक्षण पतञ्जली योग समितिका अध्यक्ष नर बहादुर अधिकारी र सोही संस्थाका सचिव चन्द्र प्रसाद तामाङले प्रदानगरेका थिए । शिविरमा प्राथमिक उपचार,पञ्चकर्म, स्नेहन, स्वेदन सेवा, योग सेवा, निःशुल्क औषधी वितरण लगायतका सेवा प्रदान गरिएको थियो । १ सय ६३ महिला र १ सय ११ पुरुष सहितजम्मा २ सय ७४ जना विरामीहरुको उपचार गरिएको थियो । आफूजस्तो सर्वसाधरणले उपचार पाएकोमा ८८ वर्षे भगवती अधिकारीले खुशी व्यक्त गरिन ।


चैनपुर नगरपालिका आयुर्वेद शाखाको आयोजनामा सञ्चालित उक्त शिविरमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द संखुवासभाका प्रमुख डा. रामप्रबोद चौधरी, इलाकाप्रहरी कार्यालय चैनपुरकाका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडा, चैनपुर नगरपालिकाका प्रशासकीय प्रमुख किरणप्रसाद ढकाल, आयुर्वेद स्वास्थ्यकर्मी लगायतको उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *