मुख्य समाचार

पहिचानका आधारमा प्रदेशको नाम टुङ्गो लगाउने मुख्यमन्त्री राईको भनाई

सङ्खुवासभा । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरणबारे संसदमा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन् ।

सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ को नामाकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो लगाउने बताए ।

नामाकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताए । प्रदेशको नामाकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *