संखुवासभा । चैनपुर नगरपालिकास्थित दिलकुमारी सभाहलमा नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति संखुवासभा प्रदेश ‘ख’ द्वारा आयोजित चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद हाम्रा आदर्श हुन भन्ने मूल नाराका साथ वडादशैं, शुभदिपावली,नेपाल सम्बत तथा छैठ पर्वको अवसरमा क्षेत्रीय सभापति दीपेन्द्रमान शाक्यको सभापतित्वमा चियापान एवं शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सभापति एवं पूर्व राज्यमन्त्री दीपक खड्काले नेपाली काँग्रेस पार्टीलाई सशक्त र सुदृढिकरणका लागि सबै तह र तप्का एक ढिक्का भएर खट्न अनुरोध गरे । तीनै तहका निर्वाचनमा कांग्रेसलाई जिताउने गरी पार्टी संगठनमा खट्न निर्देशन दिए । पार्टीभित्र सबैलाई सम्मानजनक जिम्मेवारी दिएर आफू अघि बढ्ने सभापति खड्काले बताए ।
यसैगरी नेपाली काँग्रेस जिल्ला सचिव कुमारबाबु अधिकारीले काँग्रेसको नयाँ कार्यसमिति बनेसँगै काँग्रेसमा उत्साह र जोस जाँगर र आकर्षण थपिएको बताउदै अन्य विभिन्न पार्टीबाट नेपाली काँग्रेसमा प्रवेश गर्ने लहर चलिरहेको बताए ।

कार्यक्रममा जिल्ला स्तरीय माओवादी नेता वंशी खनाल, नविना राउत लगायत ४ दर्जन बढीले पार्टी प्रवेश गरेका थिए ।
सुभकामना मन्तव्यकै क्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दीपेन्द्र वान्तावा,चन्द्रकुमार घुण्डे, महाधिवेशन प्रतिनिधि एवं पाँचखपन नगर प्रमुख विपिन राई, शिक्षक संघका जिल्ला अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि थीरबहादुर राई, महासमिति सदस्य चित्ररेखा अधिकारी, महासमिति सदस्य अञ्जना लिंथेप, महासमिति सदस्य दीपक लिम्बू, जिल्ला एवं कार्यसम्पादन समिति सदस्य तथा पूर्वमहासमिति सदस्य ज्ञानबहादुर कार्की, महासमिति सदस्य एवं पूर्व पार्टी सभापति दिपन कुमार श्रेष्ठ, चैनपुर नगर सभापति एवं पूर्वमहासमिति सदस्य शंकरमान कडेल, जिल्ला सचिव कुमारबाबु अधिकारी, जिल्ला उपसभापति अनन्त गौली, प्रदेश सभा ख संखुवासभका सभापति दिपेन्द्रमान शाक्यलगायत वक्तहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





