कोशी प्रदेश

पूर्वमन्त्री खड्काद्वारा खराङमा पार्टी कार्यालय उद्घाटन

संखुवासभा। नेपाली कांग्रेसका महासमिति सदस्य एवं खानेपानी पूर्वराज्य मन्त्री दीपक खड्काले चैनपुर नगरपालिका वडा नम्बर १० को वडा कार्यालय उद्घाटन गरेका छन । कार्यक्रमका प्रमुख अतिथि पूर्वराज्य मन्त्री खड्काले बिहीबार नेपाली कांग्रेस चैनपुर १० को वडा कार्यालय उद्घाटन गरेका हुन । वडा कार्य समितिले पार्टीलाई सस्थागत रुपमा चुस्त दुरुस्त बनाउन कार्यालय स्थापना गरेको हो ।


जिल्ला पार्टी सभापतिको उम्मेद्वार घोषणा गरेका नेपाली कांग्रेसका लोकप्रिय युवा नेता एवं पूर्वमन्त्री खड्काले पार्टी संगठनलाई बलियो बनाउन सभापतिमा उम्मेदवारी दिएको बताए । आफ्नो एकमात्र स्वार्थ पार्टी संगठन बलियो बनाउने मात्र भएको उनले स्पष्ट पारे । विगतदेखि नै शसक्ता पार्टी संगठनका पक्षमा उभिएका खड्काले आफ्नो ध्यान पार्टी संगठन सुद्धिकरण र सुदृढिकरणमा केन्द्रित हुने बताए ।

वडा सभापति फत्तिमान अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वपार्टी सभापति जनक थापा,महासमिति सदस्य शंकरमान कडेल, महासमिति सदस्य ज्ञानबहादुर कार्की, महाधिवेशन प्रतिनिधि कुमारबाबु अधिकारी, जिल्ला सदस्य जीवन सुन्दासलगायतले धारणा राखेका थिए ।
वडा कार्यालय उद्घाटन कार्यक्रममा पूर्वराज्यमन्त्री खड्काले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेशभन्दा गरेका आधा दर्जनाभन्दा बढीलाई खादा र अविर लगाएर कांग्रेस प्रवेश गराएका थिए ।


यसै गरि पूर्वराज्य मन्त्री खड्काले नेपाली कांग्रेस वडा कार्यसमिति वडा नम्बर १० को वडा कार्यालय निर्माणका लागि करिव १५ लाख वरावरको जग्गा प्रदान गर्नुहुने मेगनाथ भट्टराईलाई सम्मान समेत गरेका थिए ।

पूर्वमन्त्री खड्काले यस अघि चैनपुर ७ को वडा कार्यालय उद्घाटन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *