कोशी प्रदेश

चैनपुर आइसोलेसनलाई स्वास्थ्य सामग्री हस्तान्तरण


संखुवासभा । प्रकृति संरक्षण कोष नेपाल (प्रोजेक्ट होप) द्धारा संखुवासभाको चैनपर स्थित आइसोलेसनलाई कोभिड नियन्त्रण सम्बन्धि स्वास्थ्य सामग्रीउपलब्ध गराएको छ ।

प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले चैनपुर नगरका उपप्रमुख मुना श्रेष्ठलाई एक लाख मूल्य बराबरको कोभिड नियन्त्रणसँग सम्बन्धीत स्वास्थ्य सामग्री एक कार्यक्रमका बीच हस्तान्तण गरिएको थियो । कार्यक्रममा चैनपुर नगरपालिाका भित्रका स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री आफ्नो संस्थाबाट दिन आफू तयार रहेको संस्थाको सदस्य सचिव अधिकारीले बताए । ग्लोवस १० हजार थान, केएन ९५ –२ हजार थान, फेस सिल्ड ५ सय थान, ग्राउन ४ सय थान, थर्मलगन १० थानलगायतका कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरेको अहेव चन्द्रा अधिकारीले बताइन ।


दुईदिन अघि कोशी टप्पु आरक्षणको एक कार्यक्रममा पुगेका सदस्य सचिव अधिकारीले आफ्नो गृह जिल्ला संखुवासभा स्थित चैनपुरका स्वास्थ्य संस्थाहरुलाई लक्षित गरी स्वास्थ्य सामग्री उपलब्ध गराएको चैनपुर नगरपालिका स्वास्थ्य प्रमुख नरबहादुर श्रेष्ठले बताए । चैनपुर नगर क्षेत्रभित्र रहेको १८ वर्ष माथिका सबै नागरिकहरुलार्इ अव केही दिनभित्रै कोभिड खोप लगाउने तयारी रहेको समते स्वास्थ्य प्रमुख श्रेष्ठले जानकारी दिए । निमार्णाधिन चैनपुर अस्पतालका लागि स्वास्थ्य उपकरणहरु व्यवस्थापन गर्नका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग सहजिकरण गरिदिन प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरका मेडिकल अधिकृत डा.रुपेश झाले कार्यक्रममा अनुरोध गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *