कोशी प्रदेश

पौडी खेल्ने क्रममा बेपत्ता



संखुवासभा । संखुवाखोलामा पौडी खेल्ने क्रममा सन्देश राई खोलाले बगाएर वेपत्ता भएका छन् । सिलिचोङ गाउपालिका वडा नं. १ सक्तिमटार वस्ने आफ्ना दाजु सुरज राइको घरमा वस्दै आएकासन्देश राई पौडी खेल्ने क्रममाखोलाले बगाएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


वेपत्ता राई जिल्ला भोजपुर साल्पासिलिछो गाउँपालिका वडा नं. १ बुम्लिङ वस्ने दुर्गा बहादुर राईको छोरा १७ वर्षे सन्देस राई केहि दिन अघिदेखि आफ्नो दाइको घरमा बस्दै आएका थिए ।


नजिकैको प्रहरी चौकी सिसुवाटार, संखुवासभाका प्रहरी टोलीले खोजतलासको क्रममा खोलाको डिलमा निजले लगाएको कपडामात्र फेला परेको थियो ।


आफन्त र प्रहरी टोलीले वेपत्ता राईको खोजी भएपनि हालसम्म फेलानपरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *