संखुवासभा । केहिदिन यता परेको अविरल बर्षाका कारण मुलुकको विभिन्न स्थानमा ठुलो धनजनको क्षति भएको छ । अझै पुर्वी भागमा अविरल वर्षा हुने मौसम विदहरुको पुर्वाअनुमान भएकाले तिनतहकै सरकारलाई सजकता अपनाउन पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले अनुरोध गरेका छन ।
क्षती न्युनिकरणमा लाग्न स्थानिय सरकार सँग पुर्ब राज्यमन्त्री खड्काले अपिल गरेका हुन । आजबाट पुर्वी क्षेत्रमा अविरल वर्षा हुन सक्ने मौसम विदहरुको पुर्वाअनुमान रहेकाले सम्पुर्णमा सजक, सचेत र सुरक्षित रहन खड्काले अनुरोध गरेका छन । अविरल वर्षाका कारण विभिन्न स्थानमा भयावह स्थिती श्रृजना भई ठ्रलो मात्रामा जनधनको क्षति भएको प्रति दुख व्यक्त गदै मृत आत्मा प्रती भावपुर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समेवदना समेत प्रकट गरेका छन । पीडितालई क्षतिपूर्ति, राहत र उद्धारको उचित व्यवस्था मिलाउन सरकार संग खड्काले अपिल मार्फत जोडदार माग गरेका छन ।
पूर्वराज्य मन्त्रीको अपिल
केहिदिन यता मुलुकमा परेको अविरल बर्षाका कारण भयावह स्थिती श्रृजना भएको छ। ठूलो मात्रामा जनधनको क्षति भएको छ । मृत आत्मा प्रती भावपुर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा समबेदना प्रकट गर्द्छु । क्षतिपूर्ति , राहत र उद्दारको उचित ब्याबस्था मिलाउन सरकार सङ्ग जोड्दार माग गर्दै उद्दारमा खटिनुहुने सम्पुर्ण महानुभाबहरुमा आभर ब्यक्त गर्दछु । आज बाट फेरि नेपालको पुर्बी भागमा अविरल वर्षा हुने मौसम बिदहरुको भनाइ छ । तसर्थ संखुवासभा लगायत सम्पुर्ण पुर्बी नेपालका तिनतहकै सरकार र सरोकार निकायहरुमा अबश्यक तयारीमा रहन र क्षति हुन नदिन पुर्णरुपले ब्यबस्थित हुन विशेष आग्रह गर्दछु । सथै सम्पुर्ण आमा बुवा , दिदिबहिनी दाजुभाइहरुमा पनि सजक सचेत र सुरक्षित रहन अनुरोध गर्दछु ।




