कोशी प्रदेश

प्रदेश स्तरीय तेस्रो मेयर गोल्डकप प्रतियोगिता चैनपुरमा

चैनपुर । “खेलकुद मार्फत पर्यतन, पहिचान, प्रगति, र गरीमा समृद्धि र एकतालको लागि फुटबल चैनपुर नगरीमा” भन्ने मूल नाराका साथ १ नंं. प्रदेश स्तरीय तेस्रो मेयर गोल्डकप खुल्ला पुरुष फुटवल प्रतियोगिता सञ्चालन गर्ने तयारी भएको छ ।

खेलको माध्यमबाट आन्तरीक पर्यटन प्रवर्धन गर्न एवं आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ तेस्रो मेयर गोल्डकप सञ्चालन गर्न लागिएको चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । कार्यक्रममा मेन्छयाम र गुफापोखरी जस्ता हाइ अलटिच्युडमा खेलको अभ्यासका लागि आवश्यक पूर्वाधार विकास गर्ने खेल आयोजनको उद्देश्य रहेको नगरप्रमुख खत्रीले वताए । यसैगरी खेलको माध्यमबाट स्थानीय स्तरमा रहेको युवाहरुलाई राष्ट्रिय खेलाडीको रुपमा विकास गर्न, १ नं. प्रदेशकै खुलकुद हबको रुपमा विकास गर्ने, खेलकै माध्यमबाट चैनपुर नगर क्षेत्रमा रहेको तातोपानी, वानेश्वर,सिद्धकाली मन्दिर, गुमबा लगायतका महत्वपूर्ण धार्मिक स्थलहरुको प्रचारप्रसारमा सघाउ पुर्याई पर्यटन विकासको आधार बनाउन समेत खेल आयोजना गरेको नगर प्रमुख खत्रीले बताए ।

नगर प्रमुख खत्रीका अुनसार आगामी बैशाख ११ गतेदेखि १८ गते सम्म सञ्चालन गरिने खुल्ला पुरुष फूटवल प्रतियोगितामा १ नं. प्रदेशभरीका १४ टिम सम्म प्रतिस्प्रर्धा गर्न सक्ने बताए । खेलमा विजय हुने प्रथम लाई ५ लाख ५५ हजार ५ सय ५५, द्धितीयलाई ३ लाख ३३ हजार ३ सय ३३ ,सेमीफाइनलमा पराजित हुने दुवै टिमलाई १ लाख ११ हजार १ सय ११ पुरस्कार प्रदान गर्ने गरी खेलाइने प्रतियोगितमा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १० हजार, उत्कृष्ट गोल रक्षकलाई १० हजार र म्यान आफ द म्याच ५ हजार पुरस्कार प्रदान गरिने सार्वजनिक गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *