शिक्षा / स्वास्थ्य

४५ हजारले लगाइसके खोप

झापा । अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलकाअनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३ सय ५२ पुगेको छ ।

यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४ सय ५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २ सयले मात्र खोप लगाएका छन् ।

शिवसताक्षी नगरपालिकाका चार हजार ७ सय ४९ ले, गौरादह नगरपालिकाका चार हजार ६ सय ५३ ले, विर्तामोड नगरपालिकाका तीन हजार ७ सय ७३ ले, कनकाई नगरपालिकाका तीन हजार ४ सय ९९ ले, कमल गाउँपालिकाका तीन हजार २ सय ४८ ले र भद्रपुर नगरपालिकाका तीन हजार ७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् ।

यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८ सय ५४ ले, अर्जुनधारा नगरपालिकाका दुई हजार ७ सय २३ ले, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४ सय ५१ ले, कचनकबल गाउँपालिकाका दुई हजार १ सय २३ ले, हल्दिबारी गाउँपालिकाका दुई हजार एकले, झापा गाउँपालिकाका एक हजार ८ सय २३ ले, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७ सय ९ ले र बाह्रदशी गाउँपालिकाका एक हजार २ सयले उक्त खोप लगाइसकेका छन् ।

गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *