विराटनगर । प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने भएको छ ।
आइतबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ (४) बमोजिम पेस हुने उल्लेख छ ।





