सङ्खुवासभा । नेपाल दलित संघ संखुवासभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ ‘ख’ द्वारा आयोजित दलित संघ सम्वद्ध अधिवेशनले टेकबहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ क्षेत्रीय कार्य समिति चयन गरेको छ ।
अधिवेशनबाट संघको उपाध्यक्षमा सृजना शंकर¸ सचिवमा युवराज वर्देवा सहित २१ सदस्यीय दलित संघको क्षेत्रीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । चैनपुरको दिलकुमारी सभा हलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं पूर्व राज्यमन्त्री दिपक खड्काले नेपाल दलित संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालको जातीय वनावटको एउटा ठूलो हिस्सा दलित समुदाय भएको बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राध्यापक डा.गोविन्द पोखरेलले राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको बताए । उनले देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय भएको बताउँदै केपी ओली सरकार आएयता मुलुकले ठूलो ऋणको व्यवभार खेप्नु परेको आरोप समेत लगाए ।
परनिर्भरताको वारेमा विदेशीसँग हार गुहार गर्नुपर्ने बाध्यता नहटेको स्पष्ट पार्नु भयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठ¸ पूर्व सांसद टंकप्रसाद राई¸ पूर्व पार्टी सभापति जनक थापा¸ पार्टी उपसभापति रामकुमार जिमी¸ महासमिति सदस्यहरु शंकरमान कंडेल¸ ज्ञानबहादुर कार्की¸ अञ्जना लिंथेप¸ महाधिवेसन प्रतिनिधि विमा पाण्डे¸ दलित संघका जिल्ला अध्यक्ष चक्र विशुङ्खे लगायत नेताहरुले दलित संघको अधिवेशनको सफलताको कामना व्यक्त गरेका थिए ।




