कोशी प्रदेश

प्रदेश १ मा थप ६७ कोरोना सङक्रमित, ५९ निको

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा गरिएको ४६० जनाको पिसिआर परीक्षणमा ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


थपिएका सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १६, झापामा १८, सुनसरीमा पाँच, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा दुई÷दुई, सङ्खुवासभा र भोजपुरमा एक/एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् । प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या हालसम्म २८ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज ५९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । यस प्रदेशमा हालसम्म दुई लाख ६३८ जनाको पिसिआर परीक्षण सम्पन्न गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *