कोशी प्रदेश

प्रदेश नं १ मा ९२ जना सङ्क्रमित

विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३२ महिलासहित ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा झापामा ४४, सुनसरीमा २८, मोरङमा आठ, विराटनगरमा दुई, इलाममा पाँच, सोलुखुम्बुमा चार, ताप्लेजुङमा एक र प्रदेश बाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १६८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्ममा २२ हजार ८९९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । यसप्रदेशमा आज ४९२ जनासहित अहिलेसम्ममा कूल एक लाख ९५ हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको भइसकेको छ भने हालसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *